वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन

नवलपुर टुडे


नवलपरासी, चैत ७ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा भन्दै संरक्षणका लागि विशेष अभियान सञ्चालन गरिएको हो ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि चैत १ देखि ७ सम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताए । सोअन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायत काम गरिएको छ ।
कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापीरूपमा कार्यक्रमलाई अगाडि बढाएको डिभिजन वन अधिकृत काफ्लेले बताए । वनमा डढेलो लाग्न नदिन सबै नागरिलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले यस जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक र सुरक्षा अपनाउन आग्रह गरे ।
वन डढेलो जोखिम उच्च जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) १६औँ स्थानमा रहेकाले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको प्रमुख काफ्लेले बताए । जिल्लामा ५८ प्रतिशत भूभाग वनजङ्गलले ढाकेको छ ।
नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्याङ्कमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारणले १ प्रतिशत र ४ प्रतिशत वन डढेलोका कारण थाहा नभएको काफ्लेले बताए ।
डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो । यसैबीच आगलागीका कारण निम्तिने विपद्लाई न्यूनीकरण गर्न जिल्लाकै देवचुली नगरपालिकामा फायर हाइड्रेन्ट जडान गरिएको छ । रासस

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















