राजनीति

प्रधानमन्त्री प्रचण्डले पाए दोश्रो पटक विश्वासको मत

नवलपुर टुडे
२०७९ चैत्र ६ | मध्यान्ह ०५:१२ बजे

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । १७२ सांसदको मतसहित प्रधानमन्त्रीले दोश्रो पटक संसदको विश्वास प्राप्त गरेका हुन् ।

२६२ सांसद उपस्थित रहेकामा विश्वासको मतको प्रस्तावकाे विपक्षमा ८९ सांसदले मत दिएका छन् भने एक सांसद तटस्थ बसेका छन् । यसअघि १० पुसमा एमालेसहितको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा संसदको ९९.२६ प्रतिशत मत प्राप्त गरेका थिए । 

राष्ट्रपति चुनावको समयमा समीकरण फेरिँदा प्रधानमन्त्रीले सोमबार पुनः विश्वासको मत लिएका हुन् ।

कमेन्टहरु