पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

नवलपुर टुडे
२०७९ चैत्र ६ | बिहान ११:१२ बजे

काठमाडौं, चैत ६ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।
बढुवा भएकाहरूमध्येबाट एक जना प्रहरीका नयाँ महानिरीक्षक हुनेछन् । बढुवाको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन् ।























