प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

नवलपुर टुडे
२०७९ चैत्र ५ | मध्यान्ह ०२:१२ बजे

काठमाडौँ, चैत ५ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको दिने निर्णय गरेको छ ।
पार्टी कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए । एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोली संसदमा विश्वासको मत लिँदैछन् ।
आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।






















