प्रधानमन्त्री दाहललाई विश्वासको मत दिने रास्वपाको निर्णय

नवलपुर टुडे
२०७९ चैत्र ५ | मध्यान्ह ०२:१२ बजे

काठमाडौं, चैत ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार काठमाडौंको वसुन्धरास्थित पार्टी कार्यालयमा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकबाट प्रधानमन्त्रीको पक्षमा मत दिने निर्णय गरिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले, राप्रपा र नेमकिपा बाहेक सबै दलले विश्वासको मत दिने निर्णय गरेका छन् ।






















