एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत

नवलपुर टुडे
२०७९ चैत्र ५ | मध्यान्ह ०२:१२ बजे

काठमाडौं, चैत ५ । नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाललाई मनोनीत भएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको ५३ औं सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनीत गरेको हो ।
यस्तै महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘पार्टीको आजसम्म महासचिव पदमा कार्यरत बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ । रिक्त महासचिव पदमा घनश्याम भुसाललाई मनोनयन गरिएको छ,’ उनले भने, ‘सर्वसम्मत रूपमा यो निर्णय गरिएको हो ।’
साथै बैठकले पार्टीका चारै जना उपाध्यक्षलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको र सचिवालय सदस्य संख्या १९ पुगेको खतिवडाले बताए ।






















