राजनीति

कांग्रेसले आज निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाउँदै

नवलपुर टुडे
२०७९ चैत्र २ | मध्यान्ह ०२:१२ बजे

काठमाडौ, चैत २ । नेपाली कांग्रेसले आज निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाउने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार स्पष्टीकरणसँगै कार्यसम्पादन समिति बैठकको निर्णय पनि बुझाइने छ ।

मौनअवधिमा कांग्रेसले उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिएको भन्दै बुधबार एमालेले कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको थियो । आचारसंहिता उल्लंघन गर्ने कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी परेपछि आयोगले कांग्रेससँग स्पष्टीकरण मागेको थियो ।

मौनअवधि सुरु भएपछि बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको थियो ।

कमेन्टहरु