Opens in a new tab

बालुवाटारमा छ प्रदेशका प्रमुखले भेटे प्रधानमन्त्री दाहाललाई

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट गर्न छ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका हुन् ।

भेटवार्तामा कोसी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेशका प्रमुख तिलक परियार सहभागी थिए ।

भेटमा संघीयताको कार्यान्वय, प्रदेश सरकारको काम–कारबाही तथा संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे