रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने भएको छ ।
राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो । रास्वपाका एक नेताले भने, ‘हामीले उप–राष्ट्रपतिमा पुरुष उम्मेदवारलाई मत दिँदैनौं । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
रास्वपाले उप–राष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका ती नेताको भनाइ छ । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।
गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















