मुख्य समाचार

‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरु)

नवलपुर टुडे
२०७९ फाल्गुन २८ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फागुन २८ । ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो विभिन्न संघ-संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले पहिचानसहितको नाम राख्नुपर्ने माग गरेका छन् । उनीहरुले प्रदेशको नामाकरणप्रति आक्रोश पोखेका छन् । प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्ने उनीहरुको माग छ ।

गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभा बैठकबाट कोशी राखिएको थियो । प्रदेशको नामाकरणसँगै पहिचान पक्षधरहरु आन्दोलित भएका हुन् ।

photo 2023 03 12 14 27 41 photo 2023 03 12 14 27 42 photo 2023 03 12 14 27 44 photo 2023 03 12 14 27 46 photo 2023 03 12 14 27 47 photo 2023 03 12 14 27 48 photo 2023 03 12 14 27 50

कमेन्टहरु