मुख्य समाचार

रामसहाय यादवले निर्वाचन अधिकृतसमक्ष पेश गरे आफू विरुद्धको उजुरीमाथि प्रष्टिकरण

नवलपुर टुडे
२०७९ फाल्गुन २८ | बिहान ११:११ बजे

काठमाडौँ, फागुन २८ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमाथि प्रष्टिकरण पेश गरेका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको सफाइ पेश गरेका हुन् । 

शनिबार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधानको भावना विपरित राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरित भएको भन्दै दावी विरोध पेश गरेकी थिइन । सो दावी विरोधमाथि जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेश गरेका छन् । 

उनले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित ब्यक्तिभन्दा फरक समुदायको मधेशी भएको जवाफ पेस गरेका छन् । 

photo 2023 03 12 11 45 21 1

photo 2023 03 12 11 45 22

photo 2023 03 12 11 45 26

कमेन्टहरु