उपराष्ट्रपति पदका उम्मेदवार यादवविरुद्ध एमाले सांसद बर्तौलाले दिए निर्वाचन आयोगमा उजुरी

नवलपुर टुडे
२०७९ फाल्गुन २७ | मध्यान्ह ०४:११ बजे

काठमाडौं । नेकपा एमालेका सांसद महेश कुमार बर्तौलाले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।
यादवको उम्मेदवारी संविधान, ऐन र प्रचलित मान्यताविपरीत रहेको भन्दै बर्तौलाले शनिबार दिउँसो यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोग समक्ष उजुरी दिएको हो ।
बर्तौलाले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना फरक लिङ्ग र समुदायको हुनुपर्ने र यसअघि सोही अभ्यास भएको समेत दाबी गरेका छन् ।
























