मुख्य समाचार

घरमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

नवलपुर टुडे
२०७९ फाल्गुन २७ | बिहान ०९:११ बजे

काठमाडौं, फागुन २७ । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब सवा ५ बजेको समयमा स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिजुली सट भई घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको प्रहरी हवल्दार शोभा कार्कीले जानकारी दिइन् । आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको उनले बताइन् ।

आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर करिब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु