उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

नवलपुर टुडे
२०७९ फाल्गुन २७ | बिहान ०७:११ बजे

काठमाडौं, फागुन २७ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ९ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
गुरूङका अनुसार आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने या नदिने र दिने भए कसलाई उम्मेदवार बनाउने विषयमा टुंगो लगाउनेछ । यसअघि नेकपा एमालेले ८ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का नेतालाई उपराष्ट्रपति उम्मेदवार बनाएमा आफूहरूले उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।





















