मुख्य समाचार

सात महिनामा सत्र करोड बराबरको नेपाली सिमेन्ट र क्लिङ्कर निर्यात

नवलपुर टुडे
२०७९ फाल्गुन २६ | मध्यान्ह ०४:११ बजे
फाइल तस्बिर

काठमाडौं, फागुन २६ । चालु आर्थिक वर्षको सात महिनामा नेपालले १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको नेपाली सिमेन्ट र क्लिङ्कर निर्यात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले ६ करोड ६ लाख ५६ हजार रुपैयाँ बराबरको सिमेन्ट र १० करोड ६३ लाख ७७ हजार रुपैयाँ बराबरको क्लिङ्कर निर्यात गरेको हो । सो अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा निर्यात गर्दै आएका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ देखि अर्घाखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो ।

कमेन्टहरु