मुख्य समाचार

मुलुकका विभिन्न चार स्थानबाट पोखरा विमानस्थलमा बुद्ध एयरको रात्रीकालीन उडान 

नवलपुर टुडे
२०७९ फाल्गुन २६ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन २६ । बुद्ध एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकका विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान सुरू गरेको छ । बुद्धले बिहीबार रातिदेखि काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रीकालिन उडान भरेको हो ।

यी चारै गन्तव्यका जहाजहरुले पोखरामै रात्री विसान गरेका छन् । कम्पनीले रात्रीकालिन उडानको लागि समयतालिका बनाएको छ । जसअनुसार काठमाडौं–पोखरा साँझ ७:३५, भद्रपुर–पोखरा साँझ ६:५५, नेपालगञ्ज–पोखरा साँझ ७:३० र भैरहवा–पोखरा साँझ ७:२५ बजे उडान हुनेछ ।

यसअघि आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित थियो । अहिले काठमाडौंबाट ४ बजेपछि ३ उडान राखिएको छ । यसैगरी पोखराबाट काठमाडौंको उडान साँझसम्म राखिएको छ ।

बुद्धले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज, भैरहवा, भद्रपुर र चितवनलाई जोडेको छ । आगामी दिनमा बजारको मागअनुसार अन्य गन्तव्यमा पनि विस्तार गर्ने कम्पनीले जनाएको छ।

अहिले बुद्ध एयरसँग ११ वटा एटीआर ९७२ जहाज तथा ३ वटा एटीआर ९४२ जहाज छ ।

कमेन्टहरु