राजनीति

उपराष्ट्रपतिमा जनमत पार्टीको दाबी, ममता झाको नाम अनुमोदन

नवलपुर टुडे
२०७९ फाल्गुन २६ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन २६ । उपराष्ट्रपतिमा जनमत पार्टीले दाबी गरेको छ । सत्ता गठबन्धनले उपराष्ट्रपति पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपनि जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सारेको हो । 

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानीमन्त्री अब्दुल खानले जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाउने तयारी गरेको जानकारी दिए । यद्यपी, पार्टीले औपचारिक निर्णय भने गरी नसकेको उनले बताए ।

गठबन्धनभित्रकै अन्य दलबाट पनि दाबी आउनेक्रम जारी छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो । यस्तै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।

तर, निर्वाचन आयोगले खस आर्य समुदायबाट महिला र अन्य समुदायका पुरुषलाई पनि उमेदवार नबनाउने गरी विज्ञप्ति जारी गरेपछि अन्योल बढेको छ । उपराष्ट्रपतिको मनोनयन दर्ता भोलि हुँदै छ । 

कमेन्टहरु