माओवादी धारका राजनीतिक दलहरूबीचको बैठक बालुवाटारमा जारी

नवलपुर टुडे
२०७९ फाल्गुन २६ | बिहान ०९:११ बजे

काठमाडौँ, फाल्गुन २६ । माओवादी धारका राजनीतिक दलहरूबीचको बैठक प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेताहरू सीपी गजुरेल, नेत्रविक्रम चन्द, कृष्णबहादुर महरा, खड्गबहादुर विक, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत सहभागी छन् ।
पछिल्लो समय संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको बहसबारे छलफल गर्न उनीहरु भेला भएका हुन् । माओवादी धाराका राजनीतिक दलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्ने बताउँदै आएका छन् ।
गत मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि माओवादी विचारधारा बोक्ने दलहरूले शान्ति प्रक्रियासँग जोडिएका विषय विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।





















