मुख्य समाचार

७८ यात्रु बोकेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन विमानस्थलमै सुरक्षित अवतरण

नवलपुर टुडे
२०७९ फाल्गुन २५ | बिहान १०:११ बजे

काठमाडौँ । बिहीबार बिहान भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा ७८ जना यात्रु रहेको खुलेको छ ।

उक्त जहाजको इन्जिनमा उड्नेबित्तिकै आगलागी भएको थियो । उड्नेबित्तिकै इन्जिनमा आगलागी भएपनि चालकदलका सदस्यले विमान त्रिभुवन विमानस्थलमै सुरक्षित अवतरण  गराउन सफल भएका छन् । विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले विमानलाई सुरक्षित अवतरण गराइएको र सबै यात्रु सुरक्षित रहेको बताए ।

‘उड्नेवित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो । तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो ।’ उनका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराउनसाथ विमान काठमाडौँमै फर्काइएको थियो ।

कमेन्टहरु