अखिल नेपाल किसान महासंघद्वारा प्रधानमन्त्री दाहाल विरुद्ध सर्बोच्च अदालतमा दायर रिटको आपत्ति

नवलपुर टुडे


काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गरी जेल हाल्ने मागसहित मुद्दा दर्ता भएकोमा भर्त्सना गरेको छ ।महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै जनयुद्धसँग सम्बन्धित मुद्दा संक्रमणकालीन न्यायसम्बन्धी विषय भएकाले तिनको निरुपण सत्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट हुनुपर्ने प्रस्ट पारेका छन् ।
तर, यसको विपरीत प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धकालीन घटना र सोही सम्बन्धमा दिएका अभिव्यक्तिलाई आधार बनाएर मुद्दा दर्ता गरिनु विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र नेपालको संविधान विरुद्ध रहेको सो विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘देशको संविधान र कानुनको व्याख्याताका रुपमा रहेको सम्मानित सर्वोच्च अदालतले देशमा पुनः द्वन्द्व सिर्जना हुने, महान् जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरु, पीडापूर्ण जीवन बाँचिरहेका घाइते तथा अपाङ्ग योद्धाहरु, सहिद तथा बेपत्ताजनका परिवारहरुमाथि अपमान र अन्याय हुने एवं शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अवरोध सिर्जना हुने कुनै पनि कार्य गर्ने छैन भन्ने कुरामा हाम्रो दृढ विश्वास रहेको छ ।’
जनयुद्ध बिना सामन्ती शोषण र विभेदयुक्त, राष्ट्रघाती, जनविरोधी र भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर देशमा नयाँ गणतन्त्रात्मक व्यवस्था ल्याउन सम्भव थिएन भन्दै अध्यक्ष श्रेष्ठले जनयुद्धमै नेपाली जनताका हजारौं छोराछोरीले आफ्नो जीवन बलिदान गरेको पनि स्मरण गराएका छन् ।
‘त्यसैले प्रतिगमन गर्ने, त्यो महान् जनयुद्धलाई अपराधीकरण तथा विद्रुपीकरण गर्ने, जनयुद्ध तथा त्यसको नेतृत्व र त्यसका योद्धाहरु, सहिद तथा सहिद परिवारलाई अपमान गर्ने कुरा जो कोहीबाट भए पनि सहन सकिँदैन,’ विज्ञप्तिमा चेतावनीसहित भनिएको छ, ‘तिनको विरुद्ध डटेर सामना गरिनेछ ।’

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















