डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नवलपुर टुडे


काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० गोलको नतिजामा पराजित गर्दै इङ्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति सम्पन्न लिगको दोस्रो लेगमासमग्रमा (२-१) ले जित निकालेसँग चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा रहिम स्टर्लिङले ४३औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा काइ हार्भाटेजले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
यसअघिको पहिलो लेगमा डर्टमण्डले चेल्सीलाई १-० ले हराएको थियो । विश्वकपपछि डर्टमण्डले बेहोरेको यो पहिलो हार हो । यसअघि डर्टमण्डले लगातार १० खेलमा जित हासिल गरेको थियो ।
बुधबार राति नै भएको अर्को खेलमा क्लब ब्रुगलाई ५-१ ले पराजित गर्दै बेन्फिकाले पनि अन्तिम आठमा स्थान पक्का गर्यो । यो जितसंगै समग्रमा ७-१ को जित निकाल्दै बेन्फिकाले क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















