राजनीति

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नवलपुर टुडे
२०७९ फाल्गुन २४ | बिहान ०७:११ बजे

काठमाडौँ, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ । 

आफ्नो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धनमा आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको राप्रपाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे आज निर्णय लिने बताइएको छ ।

कमेन्टहरु