प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता, शुक्रबारलाई पेसी तोकियो

नवलपुर टुडे


काठमाडौं, फागुन २३ । १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई दर्ता गरेको हो।
रिट दर्ता भएपछि सर्वोच्च अदालतले शुक्रबार८८लाई पेसीसमेत तोकिदिएको छ । उक्त रिटलाई लिएर मंगलबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठकलगत्तै सर्वोच्चमा दर्ता गरिएको हो।
पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चले सुनुवाइ अघि बढाउने बाटो खुलेको छ । अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा हालेका थिए।
सुरुमा दरपीठ भएको यो मुद्दालाई सर्वोच्चको इजलासले शुक्रबार दर्ता आदेश दिएको थियो। उक्त रिट दर्ता हुने खबर पाएसँगै माओावादीका तत्कालीन घटकका सबै नेता एक ठाउँ जुटिसकेका छन्।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















