राजनीति

झलनाथ खनाललाई भेट्न डल्लु पुगे रामचन्द्र पौडेल

नवलपुर टुडे
२०७९ फाल्गुन २२ | बिहान १०:११ बजे

काठमाडौं, फागुन २२ । राष्ट्रपति पदका उमेदवार एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । नेता खनाललाई भेट्न सोमबार बिहान पौडेल काठमाडौंको डल्लुस्थित खनाल निवास पुगेका हुन् ।

भेटवार्ताका क्रममा समसामयिक राजनीति, आसन्न राष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ । पौडेल विशेष गरी आफ्नो पक्षमा भोट निश्चित गर्न खनाल निवास पुगेको बताइएको छ । राष्ट्रपति निर्वाचनको मौन अवघि सुरु हुनुभन्दा अगाडि शीर्ष नेताहरूसित भेटेरै भोट माग्ने पौडेलको रणनीति छ ।

आठदलीय गठबन्धनबाट राष्ट्रपतिको साझा उमेदवार बनेका पौडेलविरुद्ध नेकपा (एमाले)ले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । त्यसका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

कमेन्टहरु