सशस्त्रका प्रहरीका सहायक हवलदार सेन घुस रकमसहित अख्तियारको नियन्त्रणमा

नवलपुर टुडे
२०७९ फाल्गुन २१ | मध्यान्ह ०८:११ बजे

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवलदार नगेन्द्र सेनलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले उनलाई घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट लिएको २० हजार घुससहित सेनलाई नियन्त्रणमा लिएको हो ।
उनले टयाक्ट्ररमा माटो ओसारपसार गर्ने दिनको लागि घुस लिएको आयोगले जनाएको छ ।






















