राष्ट्रपतिमा मत माग्न रास्वपा कार्यालय जाँदै कांग्रेस

नवलपुर टुडे
२०७९ फाल्गुन १९ | मध्यान्ह ०३:११ बजे

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका नेताहरू राष्ट्रपतिमा मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जाने तयारी गरेका छन् । आठ दलीय गठबन्धनको तर्फबाट उमेदवार बनेका रामचन्द्र पौडेललाई मत माग्न कांग्रेस नेताहरू बसुन्धरास्थित केन्द्रीय कार्यालय जाने पौडेलको सचिवालयले जानकारी दिएको छ ।
उनीहरु आज साँझ ५ बजे जाने तयारी गरेका छन् । मत माग्न कांग्रेस महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरुसहित स्वयं उमेदवार पौडेल पनि जाँदै छन् । आफ्नो पक्षमा मत माग्दै नेता रामचन्द्र पौडेलले फागुन १३ गते पार्टी सभापति रवि लामिछानेसँग संवाद गरिसकेका छन् ।
यस्तै, हिजोमात्र राष्ट्रपतिका अर्का उमेदवार तथा नेकपा (एमाले)का नेता सुवास नेम्वाङले आफ्नो पक्षमा मत दिन रास्वपासँग आग्रह गरेका थिए ।





















