बुटवल उपमहानगरपालिकाद्वारा बजार अनुगमनमा तीव्रता दिदै

नवलपुर टुडे


बुटवल, फाल्गुन १८ । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
महँगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद नाघेका बस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न बजार अनुगमनलाई निरन्तरता दिइएको उपमहानगरले जनाएको छ । विषयगत रूपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजारको अवस्था सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्याङ्कन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न पसल, ११ वटा मासु पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, नदीजन्य पदार्थको चोरी निकासी सम्बन्धित चार ठाउँ अनुगमन गरिएको छ । यस्तै ३ वटा विद्यालय, ८ वटा खेल संरचना, २२ वटा होटल तथा स्पा सेन्टर, १५ वटा सहकारी र ८ वटा वडा कार्यालयसमेत अनुगमन गरिएको उनले जानकारी दिए ।
अनुगमनका क्रममा कानुन र मापदण्ड विपरीत काम गरिरहेका पसल तथा संस्थाहरुलाई कानुन बमोजिम कारबाही गरिएको उनको भनाइ छ । केही मिठाई पसल र रेष्टुरेन्टले तेलमा लापरबाही गरेको, बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिंगा र किरा परेका खाद्य पदार्थ बिक्रीका लागि राखेको पाइएको बताए ।
अखाद्य सामग्री नष्ट गरी कानुनी कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले बताए ।बुधबार र बिहीबार बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, सञ्चारकर्मीसहितको टोलीले बुटवलका मिष्ठान्न भण्डार, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट, क्याफे, मासु पसललगायतको अनुगमन गरेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















