नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दुबई उडे

नवलपुर टुडे
२०७९ फाल्गुन १७ | मध्यान्ह ०६:११ बजे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दुबई प्रस्थान गरेका छन् ।
युएईमा जारी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेल्न उनी नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहसँगै त्यता गएका हुन् । फ्लाई दुबईको उडान नम्बर एफजेट ५४० बाट उनी केही बेरअघि प्रस्थान गरेको बताइएको छ ।
उनीमाथि विदेश जान लगाइएको यसअघिको रोक सर्वोच्च अदालतले हटाइदिएपछि नेपाल क्रिकेट संघले उनलाई प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको हो । संघले सन्दीपको नाम खेलाडीको सूचीमा राखिसकेको छ । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्नेछ ।
भोलिको म्याचमा सन्दीप सहभागी हुने बताइको छ । टीमका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि संघले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।























