लोसपा मधेस र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुँदै

नवलपुर टुडे


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ । आठ दलीय सत्ता गठबन्धनमा सहभागी लोसपाले संघीय सरकार र प्रदेश सरकारमा पनि सहभागी हुने भएको हो ।
लोसपाका कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी हुने बताएका हुन् । सत्ताधारी गठबन्धनमा सहभागी भइसकेपछि सरकारमा जाने कुरा स्वाभाविक हुने भन्दै उनले प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिए ।
लोसपाको मधेस प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा तीन जना सांसद छन् । लोसपाका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले आफ्नो पार्टी केन्द्रको सरकारमा सहभागी हुने भएपछि प्रदेश सरकारमा पनि सहभागी हुने बताए ।
उनले भने, ‘सत्ता गठबन्धनको हिस्सा भइसकेपछि सरकारमा सहभागी हुने कुरा भइनै हाल्छ तर केन्द्रदेखि प्रदेशसम्म एउटै खालको निर्णय हुन्छ, केन्द्रको सरकारमा सहभागी हुने निर्णय भयो भने प्रदेशमा पनि सरकारमा सहभागी हुने निर्णय हुन्छ ।’ लोसपाले यसअघि नै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिइसकेको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















