दुर्गा प्रसाईंलाई नेकपा एमालेबाट बर्खास्त

नवलपुर टुडे
२०७९ फाल्गुन १३ | मध्यान्ह १२:११ बजे

काठमाडौ । नेकपा एमालेले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंलाई निष्कासन गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनलाई पार्टीबाट निष्कासित गर्ने निर्णय भएको बताए। केही हप्ता अघि पार्टीको नीति र उदेश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन सुरुवात घोषणा गरेको दुई साता पछि प्रसाई निष्कासित भएका हुन् ।
राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशब्यापी अभियान सुरू गरेपछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।





















