सभापतिमा उम्मेदवारी दिने मोहम्मद इरफान मनसुरीको घोषणा


कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पसमा हुने चेत्र ५ मा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सभापति पदमा आफ्नो उम्मेद्बारी रहने बिधार्थी नेता मोहम्मद इरफान मनसुरीले घोषणा गर्नु भएको छ। बिद्यार्थीहरुको हकहितको लागि आवाज उठाउदै समाजवादी विद्यार्थी युनियन लुम्बिनी प्रदेशको मुख्य सचिव हुनुहुन्छ।
उहाँले लुम्बिनी प्रदेश कै सम्पुर्ण समाजवादी बिद्यार्थीको नेतृत्व गरी रहनुभएको छ । बिद्यार्थी नेता मनसुरीले आफू १२ वाटै जिल्लामा नेतृत्व गर्दैआएको जिल्लाको सबैभन्दा पुरानो क्याम्पस कपिलवस्तु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सभापतिमा आफू अब्बल रहेको बताउदै उक्त पदको लागि आफ्नो उम्मेद्बारी रहेको बताउनु भएको छ ।
तत्कालीन समयमा बालबालिका, किशोरकिशोरी युवा युवती, महिला तथा बिद्यार्थीका समस्या, संगठन बिस्तार लगायत थुप्रै सामाजिक कार्यमा आफ्नो अग्रसरता रहेको, जिल्लाको कपिलवस्तु नगरपालिका तथा अन्य पालिकाहरु लगायत विभिन्न ठाउँमा राहतसहित बिद्यार्थीको घाउमा मलम लगाउन आफु तल्लीन रहेको र भोलिका दिनमा पनि अझै सक्रियताका साथ काम गर्ने बताउनु भयो ।
बिद्यार्थी नेता मनसुरीले अहिले क्याम्पस विद्यार्थीमैत्री बनाउन आफ्नो महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई छ । साथै सम्पुर्ण विद्यार्थीहरुले सहयोग गर्नुहुन पनि अनुरोध गर्दै आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको छ।























