कांग्रेस नेता चन्द्र भण्डारीका आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन

नवलपुर टुडे
२०७९ फाल्गुन ४ | मध्यान्ह १२:११ बजे

काठमाडौं, फागुन ४ । ग्यास सिलण्डर विष्फोट भइ गम्भीर घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो ।
नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि उनीहरूलाई विदेश लैजान अस्पतालले सिफारिस गरेको थियो । अस्पतालको सिफारिसपछि उनीहरुलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी गरिएको थियो ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए । आमाको शरीरको करिब ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको थियो ।























