बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ फाल्गुन ४ | बिहान १०:११ बजे

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
उनीहरुबीच राष्ट्रपति पदको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमालेले पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडान लिएको छ । माओवादी केन्द्रले भने राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ ।





















