राजनीति

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्‍वात्राबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ फाल्गुन २ | मध्यान्ह ०२:११ बजे

काठमाडौं, फागुन २ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका क्वात्रा र श्रेष्ठबीच मंगलबार बिहान ११ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले क्वात्रासँग नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल-भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राखेका उनको सचिवालयले जानकारी दिएको छ ।

यस्तै भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले संचालन गरिरहेको जयनगर-कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयमा कुरा राखेका थिए । 

कमेन्टहरु