सत्ता गठबन्धन फाल्गुन १० गतेसम्म भत्कने कांग्रेस महामन्त्री थापाको दाबी

असिम कामु


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् ।
सोमबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्म भत्किने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवादमा रहेका थापा भन्छन्, ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १० मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’ निर्वाचन अघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँतिने उनले दाबी गरे । राष्ट्रपतिमा पनि कांग्रेसले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुने महामन्त्री थापाले बताए ।
एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने उनको भनाइ छ । सबै पार्टीले यो कुरा भोगिसकेकाले एमाले उमेदवारलाई भोट नहाल्ने महामन्त्री थापाले बताए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















