लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवलपुर टुडे
२०७९ माघ २९ | मध्यान्ह ०५:१० बजे

बुटवल, माघ २९ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रकै इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एमाले)का विष्णुप्रसाद पन्थीले स्वास्थ्यमन्त्री, एमालेकै दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, सोह पार्टीका तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्री, राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्रीको शपथ लिएका छन् ।

एक महिना बिनाविभागीय मन्त्रीका रूपमा रहेका एमालेका चेतनारायण आचार्यलाइ खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री र माओवादीका कृष्ण केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री लीला गिरीले आफू पदमा नियुक्त भएको एक महिनापछि शनिबार मन्त्रिमण्डल विस्तार गरेका थिए ।

८७ सदस्यीय प्रदेशसभामा सरकारलाई ५८ सांसदको समर्थन छ । एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमतसहित दुई स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन् ।

कमेन्टहरु