लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा पौडेल नियुक्त

नवलपुर टुडे
२०७९ माघ २९ | मध्यान्ह ०१:१० बजे

बुटवल, माघ २९ । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको सिफारिसमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमाका पौडेल लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्यसमेत हुन् । उनी नेकपा (एमाले)निकट कानुन व्यवसायी हुन् । पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम छ ।

कमेन्टहरु