राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नवलपुर टुडे
२०७९ माघ २९ | बिहान ०९:१० बजे

काठमाडौं, माघ २९ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०७९/२०८० को बजेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा वक्तव्य दिने कार्यसूची रहेको छ ।

सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको निधनप्रति शोक प्रस्ताव प्रस्तत गर्ने अर्को कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

कमेन्टहरु