लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

नवलपुर टुडे
२०७९ माघ २८ | मध्यान्ह ०४:१० बजे

दाङ, माघ २८ । लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् । गएको पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेकी थिइन् ।

मुख्यमन्त्री गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट विनाविभागीय मन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।

उनले भने, “मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।”

मुख्यमन्त्री गिरी गएको पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएका थिए । रासस

कमेन्टहरु