लुम्बिनी प्रदेश

शुक्रवारदेखि संचालन ओमसतिया गाउँपालिकाको १२औ गाउँसभा तथा हिउँदे अधिवेशन आज अन्त्य गर्दै

नवलपुर टुडे
२०७९ माघ २८ | बिहान ०७:१० बजे

उर्मिला यादव यात्री

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाको आर्थिक बर्ष २०७९। ८० को हिउदे अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनमा ११औ गाउँसभाले बनाएका योजना एवम संशोधन बजेट सहित नयाँ योजनाहरु पारित गरीनेछ । यस्तै गरी १२औं गाउँसभाको उद्वघाटन गर्दै गाउँपालिका अध्यक्ष मन्जीत कुमार यादव सोनुले गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने योजना रहेको बताउनु भएको छ । उहाँले गाउँपालिकामा रहेका योजनाहरुको समेत पुनरावलोकन गर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै ओमसतिया गाउँपालिका प्रवक्ता मदन प्रसाद पोख्रेलले गाउँपालिकाको भवन ब्यक्तिको नाममा रहेकोले गाउँपालिकाको भवन नबनेको बताउनु भयो । उहाँले गाउँपालिकाको भवनको लागी आफुहरु प्रयासरत रहेको र अब केही दिनमै गाउँपालिका भवन बनाउने तर्फ लाग्ने बताउनु भएको छ । प्रवक्ता पोखे्रलले संचारकर्मीहरुको लागी सम्मान गर्ने कार्यक्रमलाई योजनाका साथ अघि बढाएको समेत बताउनु भएको छ ।

यस्तै गरी १२औ गाउँसभामा बिनियोजन ऐन संशोधन , शिक्षा ऐन संशोधन , नयाँ ब्यक्तिगत तथा संस्थागत आर्थिक सहायता ऐन पारित ,करिब पाच करोडका योजना तथा कार्यक्रम थप, कर्मचारी दरबन्दी संरचना स्वीकृत , लेखा समिती र बिद्यालय समिती गठन लगायतका योजनाहरु पारित भएको ओमसतिया गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुनिता चौधरीले जानकारी दिनु भएको छ । शुक्रबारदेखि शनिबार माघ २८ गते सम्म चल्ने हिउँदे अधिवेशनको शनिबार अर्थ बार्षिक समिक्षा गरीनेछ ।

गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षतामा सुरु भएको हिउदे अधिवेशनमा गाउँपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको छ । भने कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले गर्नु भएको थियो ।

कमेन्टहरु