लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी हो : घनश्याम भुसाल

नवलपुर टुडे


काठमाडौं, माघ २७ । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन् । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको बताएका हुन् ।
भुसालले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताए । “देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ । पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन्,” उनले भने, “त्यस्तो समाज, व्यवस्था, राजनीति, अर्थतन्त्र निर्माण गर्ने कुरामा एक्लै हुनुहुन्न । यो कार्यमा तपाईँहरु एक्लै हुनुहुन्न । धेरै मान्छे तपाईँहरुसँग छन् ।”
उनले थपे “जुन समानता, सुशासनको कुरा गर्नुभएको छ, विधिको शासनको कुरा गर्नुभएको छ, त्यो विचौलिया पुँजीवाद भन्नुस् । अहिले भइरहेको वैभव संग्लिँदै माथि जान्छ, यस्ता पुँजीपतिकोमा जान्छ, जसले उद्यम गर्दैनन्, रोजगारी सिर्जना गर्दैनन् । तिनीहरुको गठजोडमा भागेदारी गरेर राजनीतिक नेताहरु राज्यन्त्रमा बसेकाहरुले आफ्नो सम्पत्ति थुपार्छन्, यो गठजोडका बारेमा नबोल्ने राजनीतिले कुनै प्रगतिशील राजनीति हुन्छ भन्ने मलाई लाग्दैन ।”
नेता भुसालले जुन मुलुकको अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरुले नेतृत्व त्यसमा देशले सफलता नपाउने दाबी गरे ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















