लुम्बिनी प्रदेश, समाचार

पश्चिम नवलपरासी जिल्ला प्रहरी प्रमुखको कमाण्ड बिनोद सिलवालले सम्हाले

नवलपुर टुडे
२०७९ माघ २६ | मध्यान्ह ०७:१० बजे

नवलपरासी, माघ २६ । पश्चिम नवलपरासीको प्रहरी प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) बिनोद सिलवालले सम्हालेका छन् । बिहीबार प्रहरी उपरीक्षक सिलबाल जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा हाजिर भएका छन् ।

देशको नेपाल भारत खुल्ला सीमानाकाले जोडिएको यस जिल्लालाई सुरक्षाको दृष्टिकोणबाट संमदेनशिल मानिन्छ । मधेस प्रदेश प्रहरी गण जनकपुरबाट जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा कार्यालय प्रमुखको रुपमा सरुवा भई बिहिवार (आज) कार्यालय प्रमुखको रुपमा कार्यभार सम्हाल्नु भएका प्रहरी उपरीक्षक बिनोद सिलवाल अब्बल प्रहरी अधिकृत मानिन्छन् ।

photo 2023 02 09 19 48 08

यसअघि पश्चिम नवलपरासीको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) ऋषि कंडेलले जिल्लाको कमाण्ड सम्हालेका थिए । वहाँलाई पुष १८ गते प्रहरी प्रधान कार्यालयमा तानेपछि प्रहरी नायव उपरीक्षक एवम पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले निमित्त प्रमुखको रुपमा जिम्मेवारी सम्माहाल्दै आएका थिए ।

कमेन्टहरु