उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, प्रचण्ड र ओली छलफलमा

नवलपुर टुडे
२०७९ माघ २६ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, माघ २६ । सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।
दिउँसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबार छलफल जारी छ । बुधबार ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भएको भेटवार्तामा संयन्त्रको बैठक बसाउन दुवै नेता सहमत भएका थिए ।
सिंहदरवारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।





















