लुम्बिनी प्रदेश

रुपन्देहीको सञ्चारकर्मीहरु जिम्मेवार र सन्तुलित

नवलपुर टुडे
२०७९ माघ २६ | बिहान ०८:१० बजे

बुटवल, माघ २६ । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ ।छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कषसहित नागरिकलाई सहि सूचना सम्प्रेषण गर्नु पर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तुलानात्मक रुपमा रुपन्देहीका सञ्चारकर्मीहरु जिम्मेवार र सन्तुलित रहेको बताउनु भयो । पत्रकारिताले नै मानिसहरुको धारणा निर्माण गर्ने भएकाले अत्यन्तै जिम्मेवार र संवेदनशिल हुनुपर्ने बताउँदै, लुम्बिनीमा रामकथाको बिषयमा रुपन्देहीका पत्रकारहरुले साम्प्रदायिक हिंसा भडकन नदिन राम्रो भूमिका खेलेकोमा धन्यावद दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाई, सल्लाहकार दिनेश पाण्डे, बुटवल उपमहानगरपालिका वडा न. ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरे, लगायतले बोल्दै समाजलाई सहि दिशामा हिडाउने गरि सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।

कार्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्टहरु