माओवादी केन्द्रको उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाल

नवलपुर टुडे


काठमाडौं, माघ २६ । नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाएको छ । सापकोटा यसअघि सभामुख थिए । सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन् ।
माओवादीले पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाएको छ। महाधिवेशनपछि पदाधिकारी चयन गरिँदा भुसाललाई उपमहासचिव बनाइएको थियो । माओवादीले बुधबार सर्कुलर जारी गर्दै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाइएको उल्लेख गरेको छ । माओवादीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष छन् ।
उपमहासचिवमा भने हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत छन् । त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य छन् ।
कोषाध्यक्षमा श्रीराम ढकाल छन् । अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना पुगेका छन् । रासस

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















