Opens in a new tab

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ, माघ २६ । सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बुधवार ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बसाउन दुवै नेता सहमत भएका थिए । 

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।  

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे