राजनीति

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले त्यागिन् माओवादी केन्द्रको सदस्यता

नवलपुर टुडे
२०७९ माघ २५ | मध्यान्ह ०३:१० बजे

काठमाडौं, माघ २५ । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रको पद तथा सदस्यता त्यागेकी छन् ।

राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित भएसँगै उनले उपाध्यक्ष पदको मर्यादाअनुरूप पार्टीगत आबद्धताबाट राजीनामा दिएकी हुन् । अर्यालले बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन माओवादीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएकी छन् ।

उनको विज्ञप्तिमा भनिएको छ -“राष्ट्रियसभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा (माओवादी केन्द्र)को पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्दछु ।”

राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित हुनुअघि उनी माओवादी केन्द्रको स्थायी कमिटी सदस्य थिइन् ।

कमेन्टहरु