राष्ट्रियसभा उपाध्यक्षमा उमेदवारी नदिने कांग्रेसको निर्णय

नवलपुर टुडे
२०७९ माघ २२ | बिहान ११:१० बजे

काठमाडौं, माघ २२ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उमेदवारी नदिने निर्णय गरेको छ । आज पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस संसदीय कार्य समिति बैठकले उमेदवारी नदिने निर्णय गरेको हो ।
राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ । उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । प्रस्ताव दर्तापछि अपराह्न ४:१५ बजे उम्मेदवारीको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै सत्ता गठबन्धनले राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।






















