राजनीति

रामग्राम – ४ का वडाअध्यक्ष यादवले सेवाग्राहीलाई जसपा प्रबेश भनी लेखेको स्टाटस झुटो (भिडियोसहित)

नवलपुर टुडे
२०७९ माघ २२ | बिहान ०७:१० बजे

परासी । रामग्राम – ४ का वडा अध्यक्ष मदन यादवले सेवाग्राहीलाई जसपामा प्रवेश भनी सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस झुट भएको खण्डन गरेका छन । उनले लेखेको स्टाटस देखेर वडा नम्बर ४ का निवासी निरास बनेका छन । वडा कार्यालयमा आफ्नो ब्यक्तिगत कामको सिलसिलामा जादा अध्यक्ष मदन यादवले टीका लगाई फोटो खिचेर समाजिक संजालमा राख्दा अहिले ती सेवाग्राहीलाई समस्या बढेको छ ।

ती स्वतन्त्र एक युवा मिडिल क्लासका ब्यक्ति हुन। उनलाई फोहोरी राजनितीसंग कुनै मतलब नरहेको र आफू स्वतन्त्र रहेको गाउँ स्थानीयलाई थाहा छ । उनी एक युवा भएर गाउँ समाजमा कुनै किसिमको काम जस्तै भोज भतेर, बिवाह, कृया, जन्मदिन र समाजिक कार्यमा आफ्नो अमुल्य समय दिएर सहयोग गर्दै आएका छन ।

उनी एक समाजिक ब्यकतित्व भएर पनि हरेक काम आफै गर्ने प्रयास गर्छन् । केही कागजी कामको लागि उनी वडा कार्यलयमा गएका थिए तर, उनीमाथि यादवको नजर पर्यो र उनको स्वागतको लागि टीका लगाएर फोटो खिचेर आफ्नो फेसबुक प्रोफाईलमा जसपाको पार्टीमा प्रवेश भनेर स्टाटस लेखेको उनको आरोप छन ।

अध्यक्ष मदन यादवको अहिले दोस्रो कार्यकाल हो । उनले चुनावमा बाचा गरेका केही काम नगरेको भन्दै स्थानियहरुले पनि पटक पटक गुनासो गरेका छन । यादव युवा हुन । तर, युवा यादवको भावना संग मजाले खेलवाड गरेको उनको आरोप छ । बिगतका दिनमा एक पत्रकारलाई फोनमा गालिसमेत गरेर धेरै ठूलो नवन, म जे पनि गर्छु भनी धम्कि पनि दिएका अध्यक्ष मदन माथी आरोप छ ।

ती युवा उदय कुर्मीको भनाई अनुसार कामको लागि जादा बिना जानकारी जसपामा प्रवेश भनेर स्टाटस लेखेको जानकारी गाउँघरबाट जानकारी पाउँदा जबरजस्ती पार्टी प्रवेश गराएको भनी सिधा पत्रकारसंग आफ्नो ब्यथा पोखेका छन । यो भन्दा पहिलापनि उनको काम प्रति असन्तुष्ट प्रकट धेरैजनाले गरे तापनि सम्बन्धित निकाय उनलाई केही पनि गर्न सकेको छैन ।

रामग्राम वडा नम्बर ४ को काम कार्बाही (कर्तुत) विभिन्न समाजिक संजालमा राख्दा पनि केही सुनवाई नभएको भन्दै स्थानिय पनि चिन्तित बनेका छन ।

कमेन्टहरु