लुम्बिनी प्रदेश

समाजवादी विद्यार्थी युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा यादव निर्वाचित

नवलपुर टुडे
२०७९ माघ २१ | मध्यान्ह ०७:१० बजे

कपिलवस्तु, माघ २१ । जनता समाजवादी पार्टी नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा रहेको केलियो होटलमा शनिबार सम्पन्न भेलाले पंकज यादवको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विवेकराज भट्टराई, पूजा यादव, राजु यादव र मुख्य सचिवमा मो.इरफान मन्सुरी र सचिवमा वसन्त प्रकाश यादव रहेका छन् ।

जनता समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष अशोक यादवको प्रमुख आतिथ्यतामा संचालन भएको भेलामा प्रदेश सदस्य शिवपुजन यादव, समाजवादी विद्यार्थी युनियनकी केन्द्रीय उपाध्यक्ष रीता यादव लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु